कास्कीमा लागुऔषधसहित विभिन्न स्थानबाट ८ जना प्रकाउ
पाेखरा | साउन २६, २०७९
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न स्थानबाट लागुऔषधसहित ८ जनालाई प्रक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यलयबाट खटिएका प्रहरी टोलीले कास्की जिल्लाका विभिन्न ३ स्थानबाट ८ जनालाई लागू औषध सहित प्रकाउ गरेको हो ।
प्रकाउ पर्नेमा कास्की अन्नपूर्ण गाँउपालिका वडा नं. ९ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. १४ चाउथे बि.पी मार्ग बस्ने २१ वर्षीय प्रमिस गुरुङ, म्याग्दी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ३ नदीपुर बस्ने २८ वर्षीय दिपक पुन, सोही स्थान बस्ने २५ वर्षीय प्रदिप फगामी, पर्वत घर भई हाल पोखरा महानगरपालिका १८ अधेरीकना बस्ने ३० वर्षीय लबिन पुन रहेका छन् ।
यसैगरि पोखरा आउने क्रममा लुम्बिनी साांस्कृतिक नगरपालिका २ बस्ने २० वर्षीय द्वारिका लोध रुपन्देही कै मायादेवी गाँउपालिका ६ बनगाई बस्ने १७ वर्षिय किशोर, पोखरा महानगरपालिका११ रानिपौवा बस्ने २७ वर्षीय सन्दिप गुरुङ र पोखरा ११ काँहुडाँडा बस्ने २७ वर्षीय विश्व कार्की रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट लागुऔषध कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान प्रकिया अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

